शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालगन्जको कारकादौं भुजइगाउँस्थित केएल दुगड ग्रुपको गोदाममा हिजो भएको आगलागीमा करोडौंको नोक्सान भएको उद्योगले जनाएको छ ।

गोदाममा झण्डै पाँच करोड रुपैयाँको गहुँ लगायतको खाद्यान्न सामाग्री र एक करोड रुपैयाँ मूल्य बराबरको घीउ र तेल भण्डारण गरी राखिएको ग्रुपका प्रबन्ध निर्देशक प्रदिप कुमार छाछेडले जानकारी दिनुभयो । आगलागीमा गहुँ, तेल र घीउ जलेर नष्ट भएको छाछेडले बताउनुभयो । गोदामबाट गहुँलगायतका खाद्यान्न बाहिर निकाल्ने कार्य जारी रहेका कारण आगलागीबाट गहुँमा भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त हुन सकेको छैन् ।

आगलागीबाट झण्डै दुई करोड रुपैयाँको गोदाम घर समेत क्षतिग्रस्त भएको अनुमान ग्रुपले गरेको छ । मजदुर लगाएर गोदाममा भण्डारण गरिएको खाद्यान्न बाहिर निकाल्ने काम अझै केही दिनसम्म चल्ने ग्रुपले जनाएको छ ।

तपाईको प्रतिक्रिया