शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । सिंगापुरले केहीबेरमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ ।

विश्वकपमा स्थान बनाउन नेपालले खेल जित्नुको विकल्प छैन । डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो ।

अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल बिहीबार भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो । डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनीको विश्वकप खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया