शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अमेरिकाले इरान विरुद्ध ताजा नाकाबन्दीको घोषणा गरेको छ । इरानको व्यालेष्टिक मिसाइल कार्यक्रम र आतंकवादी संगठनलाई सहयोग गरेको आरोप लगाउंदै अमेरिकाले नाकाबन्दीको घोषणा गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले नाकाबन्दीबाट इरानका १८ कम्पनी र विभिन्न व्यक्तिहरु प्रभावित हुने जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा सिरियाली सरकार र हिज्बुल्लाह, हमास जस्ता समुहलाई सहयोग गरेको भन्दै इरानको आलोचना समेत गरिएको छ ।

यस्तै यमनको द्वन्द्वमा विद्रोही हुथी समुहलाई सहयोग गरेको इरानमाथि आरोप लगाइएको छ ।

इरानको विदेशमन्त्रालयले भने प्रतिबन्ध एकपक्षीय र गैरकानुनी भएको जिकिर गरेको छ ।

अमेरिकी प्रतिबन्धको बदलामा इरानले पनि आफ्ना नागरिक र अरु मुश्लिम मुलुक विरुद्ध क्रियाशिल अमेरिकी कम्पनी र व्यक्ति विरुद्ध प्रतिबन्ध लगाउने उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले सन् २०१५ को आणविक कार्यक्रम सीमित गर्ने सम्झौता तेहेरानले पालना गरेको जनाएको दोस्रो दिनमै नयां अमेरिकी प्रतिबन्ध सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया