शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बाँके – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रमाइलो भाषण गर्नेले देश बनाउन नसक्ने बताउनुभएको छ । उहाँले कांग्रेसको वखान गर्दै नेपालगञ्जको विकासका लागि रमाइलो भाषणभन्दा काम गर्नेलाई हेर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको बृहत चुनावी भेलामा पौडेलले आर्थिक समृद्धिका लागि स्पष्ट भिजन कांग्रेससँग मात्रै भएको दावी गर्नुभयो । नेता पौडेलले कांग्रेस नेतृत्वको सरकारले गरेका कामलाई नागरिकमाझ लैजान कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपाली कांग्रेसको अगुवाईमा मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने उहाँको भनाई छ ।

कृषि क्रान्ति, पर्यटन र उर्जाको विकास गरेर देशलाई समृद्धितर्फ लैजान खोजेको बरिष्ठ नेता पौडेलले बताउनुभयो । नागरिकलाई निर्णायक बनाउने कांग्रेस नै भएको बताउँदै उहाँले सबैलाई अधिकार दिने र सबैको भावना समेटेर अघि बढ्ने पनि कांग्रेस मात्रै भएको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसले २००७ सालमा गरेको परिकल्पना अहिले आएर पूरा भएको उहाँले बताउनुभयो ।

लोकतन्त्र र समाजवाद कांग्रेसको परिकल्पना भएको पौडेलले बताउनुभयो । बरिष्ठ नेता पौडेलले चिकित्सक डा। सुरेश कनोडियालाई पार्टी नेता र कार्यकर्ताले बिश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जिताउन सबैको सहयोगको जरुरी भएको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री हृदयराम थानीले स्थानीय तहको निर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै सबैको मेहेनत आवश्यक भएको बताउनुभयो ।

स्व. सभापति सुशील कोइरालाको अगुवाईमा भएका कामलाई पूर्णता दिनका लागि नेपालगञ्जमा कांग्रेसले जित्नुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया