शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – तीज गीतको हिरोका रुपमा चिनिएका गायक पशुपति शर्माको यो वर्षको पहिलो तीज गीत बजारमा आएको छ । पशुपति शर्माको लय र शब्दमा रहेको माइती भन्छन् किन आइती बोलको गीत मर्गस क्रियसन प्रा.लीले बजारमा ल्याएको हो ।

गीतमा जुना श्रीस र पशुपति शर्माले नै आवाज दिनुभएको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएकोे म्युजिक भिडियोमा पशुपति शर्मा, जुना श्रीस र बाल कलाकारको रुपमा पशुपतिकी छोरी लुना शर्माले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया