शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – पेरिस सेन्ट–जर्मेनका खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो (२२ करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्ने भएका छन् ।

कर छलीको मुद्दामा अर्जेन्टिनका डी मारिया २० लाख युरो जरिवाना तिर्न तयार भएको स्पेनिस अधिकारीले बताएका छन् । डी मारिया आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषी ठहरिने भएका हुन् ।

उनले रियल मड्रिडमा रहेका बेला सन् २०१२ देखि २०१३ सम्ममा आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोप छ ।

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डी मारिया स्पेनमा कर छलीको आरोप मुद्दा झेलिरहेका हाइ–प्रोफाइल खेलाडी तथा प्रशिक्षक मध्ये एक हुन् ।

स्पेनिस अधिकारीले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप दर्ता गरेका छन् । तर दुवै जनाले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया