शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाल र चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई नगर्ने सहमति भएको छ । काठमाडौंमा आज बसेको नेपाल–चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।

नेपाल-चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो । बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका थिए । चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यता, नेपाली पक्षले नेपालको भूमिका चीन विरोधि गतिविधि नहुन नदिने प्रतिवद्धता पनि दोहोर्याएको थियो । बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गर्नुभएको छ भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया