शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मंगलबारको टन्टलापुर घाममा नायिका अशिस्मा नकर्मी ‘आउन आउ सम्हाली देउन मेरो जवानी’ भन्दै नायक पुष्पल खड्कालाई आग्रह गर्दै थिइन् । यसको प्रतिउत्तरमा पुष्पल लजाएर मुस्कुराई रहन्छन् र जवानी सम्हाल्नका लागि आतुर देखिन्छन् ।

छिनमै कम्मर मर्काएर प्रेमीलाई जवानीको विषयमा इसारा गरीरहेकी नायिका अशिस्माको यो भावलाई नजिकबाट नियाली रहेका कलाकार सुशान्त श्रेष्ठले उनको जवानीलाई आफ्नो पक्षमा पार्ने दाऊ खोजिरहेको दृश्य गहकिलो थियो ।

नजिकै छाता ओडेर बसेका निर्देशक एवम् कोरियोग्राफर गम्भिर विष्ट भने उनिहरुलाई एक्सन कट गर्नमै व्यस्त थिए ।  कुरो हो काठमाण्डौको गोकर्ण स्थित उत्तर बाहिनी मन्दिरमा आज मंगलबार छायांकन गरिएको म्युजिक भिडियोको दृश्यको ।

गायिका अनिता चलाउनेको स्वर रहेको ‘आउन आउ समाली देउन मेरो जवानी’ वोलको गीतको छायांकन त्यहाँ धमाधम हुदै थियो । गायिका चलाउने आफ्नो भिडियोको लिपसिन दिनमै व्यस्त थिइन् । उनले उत्कृष्ट भिडियो बन्ने भन्दै गम्भिरको काम प्रति खुबै चासो राखेर नियाली रहेकी थिइन् । छेउमै गीतका लेखक शान्तिप्रियले म्यूजिक भिडियोलाई केही कन्सेप्टहरु बताउदै गरेको दृश्य देख्न पाइन्थ्यो ।

बिहान ९ बजे बाट छायांकन आरम्भ भएको यो म्युजिक भिडियोलाई निर्देशक गम्भिर विष्टले साँझको ५ बजे सफलता पूर्वक विट मारे । उनले छायांकन सम्पन्न पछि लोक आधुनिक शैलीको यो गीतलाई गीतको भवना अनुसार फिचरीङ गरिएको बताए ।

पहिलो पटक म्युजिक भिडियोमा देखिएका कलाकार सुशान्त श्रेष्ठले म्युजिक भिडियोमा काम गर्दा नयाँ अनुभव हासिल गरेको बताए । म्यूजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका हुन् । दिपक शर्माको संगीत रहेको यो गीत सार्बजनिक पछि जनजिब्रोमा झुण्डने अपेक्षा गर्न सकिन्छ । शान्तिप्रिय रचित देखन चम्पा बोलको गीतबाट अत्याधिक चर्चामा आएका संगीतकार शर्मालाई यो गीतले पनि उचाईमा पु¥याउने विश्लेसण गर्न सकिन्छ ।

गायिका चलाउनेलाई पनि यो गीतले सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ । भर्खर मात्र अधर एल्वम सार्बजनिक गरेका शन्तिप्रियले यो पटक भने टिपिकल लोक आधुनिक गीतको शब्द लेखेका हुन् । यो म्युजिक भिडियो छिट्टै सार्बजनिक गर्ने निर्देशक विष्टले बताएका छन् ।

तपाईको प्रतिक्रिया