शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – मोवाइल सेवा प्रदायक एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । ग्राहकलाई उच्चगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्‍याउन फोरजी सेवा सुरु गरेको एनसेलले जनाएको छ ।

फोरजी सेवा चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल प्रयोगकर्ताले बिहीबारदेखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको लाभलिन सक्ने एनसेलले जनाएको छ ।

सन् २०१७ को अन्त्यसम्ममा देशका १५ प्रतिशत प्रयोगकर्तामा फोरजी सेवा पुर्‍याउने लक्ष्य रहेको र त्यसलाई पूरा गर्न देशका विभिन्न ४० शहरमा फोरजी सेवा सुरु गर्ने योजनासहित नेटवर्क परीक्षण गरिरहेको एनसेलको भनाई छ ।

फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरिरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सकिने पनि एनसेलले उल्लेख गरेको छ ।  नयाँ प्रयोगकर्ताले भने फोरजी सिम नै प्राप्त गर्नेछन् ।

बिहीबारदेखि फोरजी सेवाप्रयोग गर्नेलाई ३ दिन समयावधिरहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने एनसेलले जनाएको छ । यस्तै असार १६ गतेसम्म फोरजी सेवालिनेले भर्खरै सार्वजनिकभएको योण्डर म्युजिकएपमाफोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न सक्नेछन् । ***

 

तपाईको प्रतिक्रिया