शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

ललितपुर – ललितपुरमा जथाभावी बाटो काट्ने ५८ जना कारबाहीमा परेका छन् । ३० जनालाई २ सय रुपैयाँ जरिवाना तिराइएको र पैसा नहुने २८ जनालाई सचेतना कक्षा दिइरहेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।

अरु

जरिवाना वापतको पैसा नहुनेलाई ३ घण्टासम्म सचेतना कक्षामा राखिन्छ । उहाँका अनुसार दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले कारबाही  थाल्नु अघि डेढ महिनासम्म जथाभावी बाटो नकाट्न सम्झाईबुझाई गरेको थियो ।

सडकको छेउमा जथाभावी बाटो काट्दा हुने दुर्घटनाका कारण काठमाडौं उपत्यकामा ४० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ । ***

तपाईको प्रतिक्रिया