शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–जापानको चिवा–इचिकावामा मे १४ मा निधन भएका पोखराका अर्जुन नेपालीको अन्तिम संस्कार २६ तारिक शुक्रवार हुने भएको छ । दिनको १ बजेर २० मिनेटमा हुन गईरहेको नेपालीको अन्तिम अन्त्येष्टीको लागि उपस्थित भईदिन लागि जापानवासी नेपालीहरुमा अनुरोध गरिएको छ । चिवा प्रान्तको इचिकावा सिटी, ओनोमाचीस्थित इचिकावा सिटी साइज्योउमा अन्तिम संस्कार गरिने भएको हो ।
अध्ययनको लागि चार वर्ष अगाडि जापान आएका नेपाली कोठामा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युपश्चात एनआरएन कान्तोको पहलमा सहयोग संकलन समेत गरिएको थियो ।
अन्त्येष्टि हुने स्थानको ठेगानाः
千葉県市川市大野町4丁目2610−1 (市川市斎場)

तपाईको प्रतिक्रिया