शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टाेकियाे-अाज साँझ हुन गईरहेकाे ‘धुर्मुस सुन्तली साँझ २०१७’ काे लागि हिजाे टाेकियाेमा भएकाे पत्रकार सम्मेलनमा हाँस्यजाेडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले संसारभर छरिएर रहेका नेपालीहरु नै अाफूहरुकाे निम्ति अक्सिजन भएकाे र त्यही अक्सिजनले सास फेर्दै पुनः निर्माणकाे भारी बाेकी अाफूहरु हिडन सकिरहेकाे बताए ।

सनराईज कर्पोरेशन लिमिटेडद्वारा धुर्मुस सुन्तली फाउण्डेसन सहयाेगार्थ हुन गईरहेकाे कार्यक्रमकाे सम्पूर्ण तयारी पनि पूरा भएकाे जानकारी अायाेजकले उक्त सम्मेलनमा दिएकाे थियाे ।

भूकम्प पीडित र अति विपन्न तीन छुट्टाछुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस/सुन्तलीलाई अाज हुने कार्यक्रममा अभिनन्दन पनि गरिने अायाेजकले बताएकाे छ । पत्रकार सम्मेलनमा तीन वटा एकीकृत नमुना बस्ती बनाउनका लागि गरेका पहलहरु र भावी योजनाका बारेमा पत्रकारहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पत्रकार, व्यवसायी लगायत विभिन्न स‌ंघसंस्थाका प्रतिनिधीहरुकाे उपस्थिति रहेकाे थियाे ।

टाेकियाेस्थित नाकानाे जिराे हलमा हुन गईरहेकाे कार्यक्रममा अाएर मनाेरन्जनका  लिनुका साथै सामाजिक कार्यमा हातेमालाे गर्न धुर्मुस सुन्तलीले जापानका नेपालीहरुलाई पत्रकार सम्मेलनमार्फत अनुराेध गरेका छन् । अाज साँझ हुन गईरहेकाे कार्यक्रममा धुर्मुस सुन्तलीकाे हाँस्य प्रहसनकाे अलावा चर्चित पप गायक दिपक बज्राचार्यकाे सांगीतिक काेसेली र हाँस्य कलाकर बांगे बाको चर्चित प्रस्तुति दर्शकहरुले हेर्न पाउनेछन् । कार्यक्रमकाे संचालन  चर्चित कार्यक्रम संचालक दिनेश डिसीकाे रहने बताइएकाे छ ।***

 

 

तपाईको प्रतिक्रिया