शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – रुकुमको आठबिसकोटबाट चिसापानी जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । आठबिसकोटबाट चिसापानी जाँदै गरेको ग १ ज २०६ नम्बरको जीप दुर्घटना परेको हो ।

कच्चीबाटोमा ओभरलोडका कारणले जीप दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको पहिचान हुन सकेको छैन । गाडी बाटोबाट भेरी नदीमा खसेको छ ।

तपाईको प्रतिक्रिया