शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादव अस्वस्थ भएपछि निर्वाचन आयोगका आजका कार्यक्रम केहि प्रभावित भएका छन् ।

यादव अस्वस्थ भएर उपचारका लागि ग्राण्डी अस्पाताल गएपछि आयोगले आज स्थानीय तह निर्वाचनका लागि तयार पारेको मोवाईल एप र कलसेन्टर सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको हो ।

मतदाताले आफ्नो बिवरण बुझ्न तथा मतदाता शिक्षाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले आयोगले एप र कल सेन्टर सार्वजनिक गर्न लागेको थियो ।

सो कार्यक्रम अर्को समय मिलाएर आजै वा भोलिसम्म सार्वजनिक गर्ने आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो । यसअघिका निर्वाचनमा कल सेन्टरको ब्यबस्था गरेपनि मोवाईल एपको ब्यबस्था भने पहिलोपटक गरिएको हो ।

तपाईको प्रतिक्रिया