शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-जापानको पसलहरुमा चोरी गरी सामानहरु आफ़्नो देशमा बिक्रि गर्ने धन्दामा लागेका ७ बिदेशी बिद्यार्थीहरु पक्राउ परेको असाही सिन्बुनले प्रकाशित गरेको छ । यसरी पक्राउ पर्नेमा भियतनामी बिद्यार्थीहरु रहेको पनि समाचारमा जनाईएको छ । उनीहरुले भियतनाममा महंगो मुल्यमा बिक्रि हुने श्रृंगारका सामानहरु पसलबाट चोरी गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । यसरी चोरी गरेको सामान उनीहरुले फ़ेसबुक मार्फ़त बनाईएको संजाल प्रयोग गरी भियतनाम पुर्याउने गरेको पाईएको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धान बिभागका अनुसार सो कृयाकलापमा संलग्न हुनेमा टोकियोको तोसिमा-कुमा बस्ने दाओ कुआन लगायत ७ जनाको समुह रहेका छन । उनीहरुले ओसाका क्षेत्रका कस्मेटिक पसलबाट श्रृंगारका सामानहरु चोर्ने गरेको थाहा लागेको छ । उनीहरुले झण्डै १३ लाख येन बराबरको सामान चोरी गरेको समाचारमा उल्लेख छ । जापानको दैनिकी खर्च र स्कुल खर्चको लागि आफ़ुहरुले यस्तो गरेको उनीहरुले स्विकारेका छन ।

उनीहरु सन २०१२ देखि २०१५ को अवधीमा जापान आई जापानी भाषा स्कुलमा पढ्दै गरेको बुझिएको छ । चोरी गरेको सामानहरु फ़ेसबुक मार्फ़त भियतनामकै ग्राहकलाई बेच्ने र फ़ेसबुक मार्फ़त नै भियतनामसम्म बोकेर लैजाने मानिसहरु खोज्ने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

तपाईको प्रतिक्रिया