शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

भक्तपुर – डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले शिविर आयोजनाका लागि आबश्यक तयारी भैरहेको जानकारी दिनुभयो ।

उक्त शिविरमा डेढसय जनाको अप्रेशन गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मेनेजर मारिखुले जानकारी दिनुभयो ।

अस्पतालले शिविर अवधीमा उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।

तपाईको प्रतिक्रिया