शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नयाँ वर्षकको अवसर पारेर नेपाल पर्यटन बोर्डले मोवाइल एप ‘वेलकम नेपाल’को सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य दुबै खालका पर्यटकलाई लक्षित गरि मोवाइल एप सार्वजनिक गरिएको बोर्डद्वारा जारि गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बोर्डका अनुसार एपमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको छ । मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, पर्यटकलाई आवश्यक पर्ने सूचनालगायतका जानकारी प्राप्त गर्न सकिनेछ । नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास बोर्डको छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशील मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरुमा आइवोएस प्लेटफर्ममा शुभारम्भ र विभिन्न प्रविधिको विकास गरिदै लैजाने बताउनुभयो। यस एपलाई एक पटक एप डाउनलोड गरिसके पछि इन्टरनेट विना पनि प्रयोग गर्न सकिने भएकोले धेरैको पहुँचमा रहने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया