शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अहिले सबैको मुखमा झुण्डिएको गीत ‘साइँली’ ले यु-ट्यूबमा रेकर्ड राखेको छ ।

हेमन्त रानाको स्वरमा सजिएको ‘सुन साईली ….’ नामक गीतले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा छोटो समयमा एक करोड युट्युब भ्युअर्स कटाउने गीत बनेको हो । दुई महिनामा एक करोड भन्दा वढी पटक हेरेर सबैभन्दा छोटो समयमा धेरै हेरिने गीतको रेकर्ड ‘साइँली…’ ले बनायो ।

रानाको स्वर रहेको गीतको शब्द कालीप्रसाद बास्कोटा र हिमाल साउदले लेखेका हुन् भने संगीत कालीप्रसादले नै गरेका छन् । गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेको म्युजिक भिडियो गायक रानाले नै निर्देशन गरेका हुन् ।

भिडियो दुवई र काठमाडौंमा छायांकन गरिएको छ । गीतले अहिले नेपालमा व्याप्त रहेको वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । ***

तपाईको प्रतिक्रिया