अन्तर्राष्ट्रिय फूल मेला २०७३ को तयारी पूरा (हेर्नुस् ९ फोटो)

काठमाडौं – तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पूरा भएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १७ देखि ४ दिन सम्म काठमाण्डौंको भृकुटीमण्डपमा चल्ने छ । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष कुमार कसजुले प्रदर्शनी हलमा स्टल सजाउने काम सकिएको जानकारी दिनुभयो । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनखरी, कम्पोस्ट मल, फूलको गानो, विउविजन,ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाईँ प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति रुची राख्ने तथा ज्ञान हासिल गर्न चाहनेका लागि अन्तराष्ट्रिय फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको छ । नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित