शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत पुरीले नेपालको संविधानसभा निर्वाचनका बेला पनि भारत सरकारले निर्वाचन सामग्री सहयोग गरेको स्मरण गराउँदै आगामी निर्वाचनमा पनि सहयोग गरिने विश्वास दिलाउनुभयो ।

उहाँले नेपाल–भारतबीचको शदियौँ पुरानो घनिष्ठ सम्बन्ध आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभएको थियो

तपाईको प्रतिक्रिया