शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व छान्न भएको मतदानमा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा जम्मा १२ सय ७८ मत खसेको छ । तीन हजार पाँच सय ८१ विद्यार्थी संख्या रहेकोमा १२ सय ७८ मात्रै मत खसेको हो । जम्मा ३५ प्रतिशत मात्रै मत खसेको भएपनि निर्वाचन सकिएको छ ।

केहीबेर अघि स्ववियु निर्वाचनका लागि भएको मतदान सकिएको हो । विहान स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव भइरदा क्याम्पसमा तनाव भएको थियो ।

चुनावको विपक्षमा रहेकाले पेट्रोल बम प्रहार समेत भएपनि कडा सुरक्षाका साथ निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया