शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं –चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा आज सम्वोधन गर्दैहुनुहुन्छ ।

त्यसअघि प्रधानमन्त्री दाहालले विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाले आजै चिनियाँ व्यवसायीसंग दुई मुलुकको व्यापारिक सम्भावना बारे छलफल समेत गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवं उच्च नेताहरुसंग प्रधानमन्त्री दाहालले आजै भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले भोली राष्ट्रपति सि जिनपिङ संग दुईपक्षीय सम्वन्धबारे महत्वपुर्ण भेटवार्ता गर्दैहुनुहुन्छ ।

यस्तै १५ गते प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया