शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-जापानको कानुन मन्त्रालयले हालै सार्वजनिक  गरेको एक तथ्यांक अनुसार जापानमा बसोबास गर्ने नेपालीको संख्या ६७ हजार ४७० जना पुगेको छ । सन २०१६ डिसेम्बर अन्तिम  को सो तथ्यांकमा नेपालीको संख्या बिदेशीहरु मध्ये छैठौं स्थानमा रहेको छ । अघिल्लो बर्षको तुलनामा सो संख्या २३.२ प्रतिशतले बृद्धि भएको पनि कानुन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांक मा उल्लेख छ ।

जापानमा बसोबास गर्ने बिदेशीहरुको संख्याले पनि नयां किर्तिमानी कायम गरेको तथ्यांकमा उल्लेख छ । सन २०१६ को अन्तमा २३ लाख ८२ हजार ८२२ जना बिदेशी नागरिकहरु जापानमा बसोबास गर्ने गरेको क्योदो न्युजले जनाएको छ । अघिल्लो बर्षको तुलनामा ६.७ प्रतिशतले सो संख्या बृद्धि भएको हो । जापान आउने बिदेशी बिद्यार्थी  र प्रशिक्षार्थी कामदारको संख्यामा बृद्धि भएको पनि कानुन मन्त्रालयले जनाएको समाचारमा उल्लेख छ । जापानमा बस्ने प्रशिक्षार्थी कामदारहरुको संख्या २ लाख २८ हजार ५८८ जना छन भने बिद्यार्थीको  संख्या २ लाख ७७ हजार ३३१ जना छन् । जुन संख्या क्रमश १८.७ र १२.४ प्रतिशतले बृद्धि भएको छ । जापानमा ६५ हजार २७० जना विदेशीहरु अबैधानिक रुपमा ओभरस्टे बसिरहेको पनि तथ्यांकमा सार्बजनिक गरिएको छ ।

जापानमा बस्ने विदेशीहरु मध्ये सबैभन्दा बढि चाइनिज छन् । सो संख्या ६ लाख ९५ हजार ५२२ जना रहेको तथ्यांकमा उल्लेख छ । त्यसै गरी दोश्रो कोरियन-४ लाख ५३ हजार ९६ जना, तेश्रो फ़िलिपिनी-२ लाख ४३ हजार ६६२ जना रहेको छ । अघिल्लो बर्षको तुलनामा अत्याधिक बृद्धि भएकोमा भियतनामीको संख्या रहेको छ । सो संख्या ३६.१ प्रतिशतले बृद्धि भई १ लाख ९९ हजार ९९० जना पुगेको छ ।

ओभरस्टे बस्नेहरुमा भने कोरियन सबैभन्दा बढि रहेको तथ्यांकमा उल्लेख छ । सो संख्या १३ हजार २६५ जना रहेको छ । दोश्रोमा भने चाइनिज-६ हजार ५०७ जना छन् । त्यसैगरी, ओभरस्टे बस्ने भियतनामीहरु पनि आकस्मिक रुपमा बृद्धि भएको छ । सो संख्या अघिल्लो बर्षको तुलनामा ३४.९ प्रतिशत बिद्धि भई ५ हजार १३७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया