शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

हेटौँडा – आगामी वैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनबारे जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाका सरोकार निकायसँग आज छलफल गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दल, गाउँपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय , जिविस, चारै सुरक्षा निकाय प्रमुख र गैरसरकारी संस्थाका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता पालना, मतदाता शिक्षा कार्यक्रमसम्बन्धी विविध विषयमा छलफल गरेको हो ।

कार्यक्रममा निर्वाचन कार्यालयमा दर्ता भएका २२ राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिताबारे निर्वाचन कार्यालयले प्रस्तुति दिएको थियो । हरेक गाउँपालिकामा १२ वटा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सो अवसरमा सभासद् राजाराम स्याङ्तानले दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचन संविधान कार्यान्वयन गर्ने प्रस्थानविन्दु एवं जनताका विकास तथा सेवा गर्ने आधार भएकाले निर्वाचनलाई सबै क्षेत्रले सफल पार्नुपर्ने बताउनुभयो । प्रजिअ नारायणप्रसाद दुवाडीले चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपले सम्पन्न गर्ने सबैको कर्तव्य भएकाले आआफ्ना क्षेत्रबाट योगदान गर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया