शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – चलचित्र घामपानीको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइविचको प्रेम देखाइएको छ । २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा केकी अधिकारी र दयाहाङ राइको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया