शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–फर्वाड फेशन कलेजको आयोजनामा टोकियोमा हालै एक फेशन शो कार्यक्रम सम्पन्न भएको छ । उक्त कलेजमा पढेका नेपाली फेशन डिजाइनर प्रेम स्याङवोले डिजाइन गरेका पहिरनहरु लगाएर नेपाली मोडलहरुले प्रदर्शन गरे ।
स्याङवोले गरेको नेपाली पहिरनमा मोडलहरू निशा जोशी, अपेक्षा लिम्बु, मनिषा भण्डारी लगायतले शो गरेका थिए ।
उक्त कलेजमा फेसन डिजाइन अध्ययन गरी हाल फेशन डिजाइनकै कम्पनीमा काम गर्ने सुरसार गरेका डिजाइनर प्रेम स्याङवोले डिजाइन गरेका नेपालीपन झल्कने पहिरनहरु लगाएर मोडलहरुले शो गरेका हुन् ।***

तपाईको प्रतिक्रिया