शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले सरकारले हालै घोषणा गरेको स्थानीय तह निर्वाचन स्थगित गर्न माग गरेका छन् । सत्ता स्वार्थका आधारमा चुनाव घोषणा गरिएको भन्दै फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले विज्ञप्ति निकालेरै यसलाई स्थगित गर्न माग गरेका हुन् ।

आन्दोलनरत पक्षसँग सहमतिको आधारमा संघ र प्रदेशको निर्वाचन गराई आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्नु पर्दछ । तर वर्तमान सरकारले व्यवस्थापिका संसदमा आफैंले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जन सहित पारित नगरी २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेको छु बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, यसले देशमा द्वन्द्व मात्र बढाएको नभई देशलाई झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको छ। स्थानीय चुनावभन्दा अघि संघ र प्रदेशको चुनाव गर्नुपर्ने दुवै पार्टीको माग छ।  हेर्नुसः संयुक्त विज्ञप्ति–

तपाईको प्रतिक्रिया