शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – रोल्पाको थवाङमा पाँच दिनदेखि जारी महाधिवेशनले नेकपा (माओवादी)को नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी राखेको छ ।

पार्टीको आठौँ महाधिवेशनले महासचिव नेत्रविक्रम चन्दले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान सर्वसम्मत पारित भएपछि उक्त नाम जुराएको हो ।  छरिएर रहेका कम्युनिस्ट पार्टी र समूहलाई गोलबन्द गर्दै अगाडि बढ्ने सोचका साथ उक्त नामकरण गरिएको सो पार्टीले जनाएको छ ।

तर ‘नेपाल कम्युनिस्ट पार्टी’को नाममा विगतमै निर्वाचन आयोगमा दर्ता दलहरूको सूचीमा ३२आँै नम्बरमा दर्ता भइसकेको छ ।  यो २०७३ साल कात्तिक २३ गते दर्ता भएको हो ।

नयाँ पार्टीको जन्मसँगै उक्त पार्टीको मार्गनिर्देशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवाद तय गरिएको छ ।  यसअघि उक्त पार्टीको सिद्धान्तमा माओ विचारधारा पनि रहेको थियो ।  फागुन १ गते खुलामञ्चमा २२औँ जनयुद्ध दिवसको उपलक्ष्यमा आठौँ महाधिवेशन उद्घाटन भएको थियो ।

एकीकृत क्रान्तिका लागि सर्वहारावर्ग (मजदुर र किसान)सहित सहरी मध्यमवर्गलाई पनि पार्टीमा आबद्ध गर्दै पहिलो चरणमा सङ्गठन सुदृढ गर्ने अभियानमा लाग्ने केन्द्रीय सदस्य कृष्णप्रसाद धमलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया