शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भारतले एकैपटक एक सय चार वटा उपग्रहको प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले एकै पटक एक सय चार वटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो । कुनै पनि देशले अन्तरिक्ष अभियान अन्तर्गत एकै पटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलो पटक हो ।

यसअघि सन् २०१४ मा रुसले एकै पटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान बनाएको थियो । तर भारतले रुसलाई पछि पारेको छ । इसरोले प्रक्षेपण गरेका एक सय चार उपग्रह मध्ये तीन वटा भारतका हुन् ।

बाँकी एक सय एक वटा इजरायल, काजकस्तान, नेदरल्याण्ड, स्विट्जरल्याण्ड र अमेरिकाका हुन् ।

तपाईको प्रतिक्रिया