शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ ।  बालबालिकालाई पोलियो जोखिमबाट ७ र ८ गते हुने भनिए पनि पछि सरेको हो ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप कार्यक्रम थकेलिए पनि स्वास्थ्य सेवा विभागले प्राविधिक कारणले रोकिएको जनाएको छ ।

विभागका महानिर्देशकमा डा. राजेन्द्र पन्तले तत्काल तराईका जिल्लामा अभियान चलाउन समस्या भएकाले मिति सारेको बताउनुभयो । ७ र ८ गतेको साटो १९ र २० गते अभियान चलाउने तयारी भएको र मितिको औपचारिक जानकारी मंगलबार गरिने उहाँले बताउनुभयो  ।

स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मी अहिले आन्दोलनमा छन् ।  सरकारले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम तय गरेको थियो ।

सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया