शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – जापानको उच्चप्रविधियुक्त ट्वाइलेटमा प्रयोग हुने उपकरणहरुमा एकै किसिमको संकेत राख्न उत्पादकहरु सहमत भएका छन् । उत्पादकपिच्छे यस्ता उपकरणहरुमा फरक किसिमको संकेत हुनाले ट्वाइलेट प्रयोग गर्न असहज भएको गुनासोपछि यस्तो निर्णय गरिएको हो । 

जापानका उच्चप्रविधियुक्त ट्वाइलेटहरु यसमा प्रयोग गरिएका सिट कन्ट्रोल, फ्लस, ढक्कन, आदिका कारण चर्चित छन् । यस्ता सानिटरीवेयरका फरक उत्पादकले आफ्ना सामग्रीमा बेग्लाबेग्लै संकेत चिन्ह राख्दै आएका थिए । तर जापानको सानिटरी इक्युइपमेन्ट इन्डस्ट्री एसोसियसनले यस्ता संकेतका कारण विदेशी पर्यटकहरु झुक्किने गरेको भन्दै एकै किसिमको संकेत राख्ने व्यवस्था मिलाएको हो ।

यसले जापानी नबोल्ने पर्यटकहरुलाई सहज हुने विश्वास गरिएको छ । जापानी अधिकारीहरु सन् २०२० को टोकियो ओलम्पिकलाई लक्षित गरेर सालैपिच्छे अत्याधिक पर्यटक भित्र्याउने प्रयास गरिरहेका छन् । त्यसैले ट्वाइलेट सामग्री तथा औजारहरुमा एकै किसिमको संकेत यही वर्ष सुरु गर्ने जनाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया