शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

भक्तपुर – कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकको नाम देखाएर आफ्नो निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको भन्दै राष्ट्रिय हितका बिषयमा सोच्न सरकारी वकिलहरुलाई आग्रह गर्नु भएको हो ।

उहाँले मधेशी मोर्चा र प्रतिपक्ष दलले आफ्ना हठ् त्यागेर दुवै पक्षले न्यूनतम साझा सहमतीको बिन्दुमा आउनु नै वर्तमान समयको माग रहेको भन्दै उनीहरुले आफ्नो हठ् कायम राखे देशले बिभिन्न किसिमका संकट भोग्नु पर्ने र उनीहरुले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भयो ।

उहाँले सरकारले चुनाव गराउँदैन भनेर हल्ला चल्लाउने प्रतिपक्षले कुनै सत्यता नभएको भन्दै सरकारको मख्य उदेश्य संबिधान कार्यान्वयन भएकाले चुनाबको कुनै बिकल्प नभएको र सबै को मिलन बिन्दु पनि स्थानीय तहको निर्वाचन भएको बताउनु भयो ।

संशोधनको बिधेयक प्रतिपक्षकै सहमतीमा ल्याइएको भन्दै मन्त्री नायकले भन्नु भयो निर्वाचन सम्बन्धि बिधेयकसँगै संबिधान संशोधन प्रस्तावमा सहमती जुट्ने बताउनु भयो ।

उहाँले आफ्नो पार्टीले राष्ट्रिय आवश्यकतालाई मध्ये नजर राख्दै बिभिन्न काल खण्डमा त्याग गर्दै आएको र चुनाव मुखे बोली मात्र भएको भन्ने भनाईका साथै आफ्नो पार्टीले पराजय भोग्ने जुन भनाईहरु बाहिर आएको त्यसलाई कुनै प्रवाह नगरि संबिधान कार्यान्वयनताको सफल पक्ष निर्वाचन भएकाले निर्धारित समयमै निर्वाचन गराएरै छाड्ने बताउनु भयो ।

उहाँले वर्तमान सरकारले बिग्रिएका कुटनितिक सम्बन्धलाई सन्तुलित ढंगले सुधार गरेको भन्दै केही नेताहरुले नेपालको कुटनीतिक सम्बन्ध बिग्रिएको र राष्ट्रियता इतिहासमै कम्जोर भयो भन्नु कुनै सत्यता नभएको भन्दै यो भाम्रक प्रचार प्रसार भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया