शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

पोखरा – पाँच पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सिएमजी क्लब संकटा पोखरामा जारी १५ औं आहा रारा गोल्डकपमा क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा स्थान पक्का गरेको हो ।

संकटाको लागि विश्व अधिकारीले ६४ औं र अनिल गरुङले ८७ औं मिनेटमा गोल गरेका थिए । पुलिसका लागि ३५ औं मिनेटमा रवि पासवानले गोल गरेका थिए । संकटाले अब सेमिफाइनल प्रवेशको लागि माघ ११ गते फरसह्गन्ज क्लब बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत् शनिबार पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लब पोखरा र युनाइटेड सिक्किम भारत भिड्नेछन् । प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया