शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – परदेशीहरुको यथार्थ जीवनमा आधारित प्रदेशी छोरा र आमाको कथा नव प्रतिभा भिम खड्का को मनछुने गित “आमा छोरा“ बोलको गीतले युटुबमा चर्चा कमाएको छ ।

पछिल्लो समय एकदमै सफल गीतहरु बजारमा ल्याइरहेको मालती डिजिटल प्रा.लीले यो गीतको बजार व्यवस्थापन गरेको छ । गीत निकै राम्रो बनेको बताउनुहुन्छ गीतकार ताथ संगीतकार रामु खड्का ।

यो गीतमा रमा थपलिया र बिमल अधिकारीले अभिनय गरेका छन् । देवी घर्ती र भिम खड्काले आवाज दिनुभएको यो मार्मीक गीतमा शब्द डम्बर केसी र लय टेकम पाण्डे जिज्ञासाको रहेको छ ।

प्रदेशमा गएका छोरा र आमाको पिडालाई यो गीतमा देखाउन खोजिएको छ । बाध्यताले विदेशीएका छोरा र घरमा एक्लै छोराको बाटो हेरिरहेकी आमाको वेदना यो गीतमा छर्लङै देखिएको छ । यो म्युजिक भिडियोको निर्देशन भने अहिलेका व्यस्त निर्देशक कपिल लामाले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया