शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

ब्राजिल – ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदीबन्दीबिच झडप भएको हो ।

जेलमा रहेका कैदीका दुई समूहबिच झडप भएको प्रहरीले जनाएको छ । यो वर्ष लागेपछि ब्राजिलको जेलमा भएको यो तेस्रो झडप हो । जनवरीको सुरुमा एमाजोनास र रोराईमा राज्यका जेलमा भएको झडपमा परि एक सय जनाको ज्यान गएको थियो ।

एलकाकुज जेलबाट विस्फोट तथा गोली हानाहानको आवाज सुनिएको बिबिसीले जनाएको छ । जेलमा अहिले कैदीबन्दीको नियन्त्रण रहेको र आफूहरु प्रवेश गर्ने प्रयासमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया