शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-नेपाल-जापान कुटनितिक सम्बन्धको ६० औं बर्षगांठ मनाउने क्रममा नेपाल तथा जापानमा बिभिन्न कार्यक्रमहरुको आयोजना हुंदै आएका छन । यसै क्रममा जापानको बाल-बालिका बिच लोकप्रिय खेल कारुता अर्थात कार्ड गेमको नेपाली संस्करणमा कारुता फ़ेष्टिवल २०१७ को आयोजना गरिने भएको छ । सो कार्यक्रम कारुता २०२० प्रोजेक्ट टीमद्वारा आयोजना गरिएको हो ।

सो फ़ेष्टिवलमा एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा अध्ययनरत कक्षा ५ र ६ का बिध्यार्थीहरुद्वारा लिखित नेपालको लुम्बिनी, सगरमाथा लगायतका जानकारी समेटिएको कार्डहरु प्रयोग गरिने कारुता २०२० प्रोजेक्ट टीमका संयोजक मिनेओ कागेयाले नेपाली समाचारलाई बताए । जापानको बालबालिका बिच लोकप्रिय कार्ड गेम कारुतालाई नेपालमा पनि चिनाउन र बालबालिकाको स्मरण शक्ति बृद्धि गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको उनले बताए । यो कार्यक्रम नेपाल-जापान सम्बन्धको ६० औं बर्षगांठ अन्तर्गतको कार्यक्रमको रुपमा जापान सरकारको स्विकृत प्राप्त कार्यक्रम हो ।

निम्न लिखित स्थान र समयमा हुन गईरहेको सो कारुता फ़ेष्टिवलमा आफ़्ना बालबालिकाहरुलाई उपस्थित गराई मनोरन्जन दिलाउनुका साथै कारुताको बारेमा थप बुझ्ने मौका उपलब्ध गराउनु हुन पनि आयोजकले सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरेको छ ।

 कार्यक्रमको बिवरण

मिति : २१ जनवरी २०१७, शनिबार
समय : दिउंसो २ बजेबाट
स्थान : होसोदा कोमुतेन रिबुन रुम
ठेगाना : ३-३५-२१ आसागाया मिनामी, सुगिनामी-कु, टोकियो
ट्रेन स्टेशन : जे आर आसागाया स्टेशन दक्षिण गेट (मिनामी गुची) बाट २ मिनेट पैदल
प्रबेश : निशुल्क
सम्पर्क : कारुता फ़ेष्टिवल २०१७ टीम
ई-मेल : info@karuta2020.tokyo
वेवसाइट : http://www.karuta2020.tokyo/en/nepal/

तपाईको प्रतिक्रिया