शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-जापानमा अध्ययनरत नेपाली विद्यार्थी लक्षित रोजगार सम्बन्धी सेमिनार हुने भएको छ । सिएस कर्पोरेशनले यही जनवरी २९ तारिक अाइतवार उएनोमा कार्यक्रमको अायोजना गर्न लागेको हो ।

जापानमा भाेकेसनल स्कुल तथा कलेजसम्मको अध्यायन पूरा गरेका विद्यार्थीहरूलाई सघाउने यस सेमिनारबाट नेपालमा स्तानक तहको पढाई सकेका विद्यार्थीहरूले पनि लाभ लिन सक्नेछन् । सेमिनारमा पढाई पश्चात काम खोज्ने तरिका, काम सम्बन्धी विविध जानकारीहरू दिईने हुँदा विद्यार्थीहरूले लाभ लिन सक्ने कार्यक्रम संयोजक सिजन तामाङले समुद्रपारिलाई जानकारी दिनुभयो । सेमिनारमा उपस्थित विद्यार्थीहरूलाई जापानी प्रोफेसरले विविध विषयमा जानकारी गराउने योजना रहेको छ ।

जापानमा नेपाली विद्यार्थीको संख्या बढेसँगै विविध चुनाैतीहरू पनि थपिंदै गईरहेको अवस्थामा जागीर नपाउँदा विद्यार्थीले भोग्नु परेका समस्याको न्यूनीकरण हुन सक्ने पनि तामाङले बताउनुभयो । सेमिनार दिनको २ बजदेखि ५ बजेसम्म हुनेछ । निःशुल्क सहभागिता जनाउन सकिने यस सेमिनारमा सहभागी भई फाइदा लिन सम्पूर्ण विद्यार्थीहरूलाई अायोजकले अामन्त्रण गरेको छ ।***

 

तपाईको प्रतिक्रिया