शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – विपक्षी दलका सांसद बस्न नमानेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण संसद बैठक आइतबार स्थगित भएको हाे । बैठक स्थगित भएका कारण अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेन ।

बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोले लगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेका थिए ।

सभामुख ओनसरी घर्तीले पटक पटक कार्यसूची सम्झाउँदै विपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्नुभयो । तर एमालेसहितका विपक्षी दलका सांसद बस्न नमानेपछि संसद बैठक स्थगित भयो ।

‘माननीय सांसदहरुले उभिएर विरोध जनाई रहेको अवस्थामा संसदको बैठक अघि बढ्न सक्दैन’ सभामुख घर्तीले बैठक स्थगित भएको घोषणा गर्दै भन्नुभयो ‘ अब यो बैठक मंसिर २२ गते बुधबार १ बजे बस्ने छ ।’ सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहितका विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया