शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटमा नेपालले खराब प्रदर्शनको अझै तोड्न सकेन । बिहीबार बिहान भएको खेलमा नेपाली टोली आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भयो ।

नेपालले प्रस्तुत गरेको ६४ रनको लक्ष्य थाइल्याण्डले दुई विकेटको क्षतिमा भेट्टायो । थाइल्याण्डका लागि नाट्टाकन चान्तमले २४ तथा सिरिन्ट्राले २७ रन बनाउनुभयो । नेपालकी सरीता मगरले दुई विकेट लिनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर ६३ रन बनायो । नेपालकी ज्योती पाण्डेले १६, सीता राना मगरले ९, रुबिना क्षेत्रीले ८ तथा नेरी थापाले ७ रन बनाउनुभयो । प्रतियोगितामा थाइल्याण्डले पहिलो जित निकालेको हो । थाइल्याण्ड यसअघि भएका खेलमा भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ र श्रीलंकासँग ७५ रनले पराजित भएको थियो ।

यस्तै नेपालले पनि यसअघि भएका तीन खेलमा पनि हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो ।
नेपाली टोलीमा ब्याटिङ निकै कमजोर देखिएको छ ।

यस्तै बलिङ र फिल्डिङ पनि कमजोर तथा टिम समन्वय, आत्मविश्वास र धैर्यको कमि नेपाली टोलीमा छ । थाइल्याण्डसँगको खेलमा पनि त्यो क्रम दोहोरियो । अहिलेसम्म खेलेका चार खेलमा सबैमा हारेको अंक बिहीन नेपाली टोली पुछारमा छ ।

तपाईको प्रतिक्रिया