शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – इजिप्टमा सात हजार वर्ष पुरानो शहर फेला परेको छ । उक्त पुरातत्वविदले फेला पारेका हुन् । _92631315_gettyimages-185708662

नाइल नदीसँगै रहेको लक्सर शहरसँग जोडिएको क्षेत्रमा गरेको उत्खननको क्रममा विरातत्वविदले घर, फलामको हतियार, भाँडासहित १५ वटा ठूला पिरामिड फेला पारेका हुन् । लक्सर शहरको प्रशिद्ध सेती मन्दिरको नजिक यो पुरानो बस्ती भेटिएको बताईएको छ । बस्ती त्यो बेलाका प्रमुख अधिकारी तथा पिरामिड बनाउने व्यक्तिको हुन सक्ने पुरातत्वविदले बताएका छन् ।

प्राचिन इजिप्टको सुरुवाति चरणमा यो बस्तीमा मानिसको बसोबास रहेको अनुमान पनि गरिएको छ । इजिप्टका विशाल पिरामिडले विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गरेका छन् । पिरामिडमा विशिष्ट व्यक्तिलाई उनीहरुको निधनपछि तेल तथा विशेष मसलाले घेरेर राखिएको हुन्छ । _92628506_0287b87f-76a1-4b10-a99c-5974dfe2c20c

यद्यपी, सन् २०११ देखि चलेको संघर्षका कारण इजिप्टको पर्यटनमा असर परेको छ । फेला परेको बस्तीले आधुनिक इजिप्टको विकासको आधार खोज्न थप सहयोग पुग्ने पुरातत्वविदहरुको भनाइ छ । –एजेन्सी

तपाईको प्रतिक्रिया