शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपाल–भारत संयुक्त आयोगको बैठकमा बिहीबार मन्त्रीस्तरीय छलफल हुँदैछ । बैठकमा दुई देशबिच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा वृहत समीक्षा हुने बताईएको छ ।

बैठकको अध्यक्षताका लागि नेपालबाट परराष्ट्र मन्त्री प्रकाशसरण महत नयाँ दिल्ली पुगिसक्नु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबिचका विभिन्न सहमति, सम्झौता कार्यान्वयनका बारेमा समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल हुने बताउनु भएको छ ।

बिहीबारको मन्त्रीस्तरीय बैठकका लागि बुधबार दुवै देशका विदेश सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरुबिच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया