शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

तेहरान (इरान) – इरानको विशिष्ट विभोलुसनरी गार्डले बुधबार आफूले ‘आत्मघाती चालक बिहीन विमान’ को निर्माण गरेको बताएको छ ।

उक्त विमानले जमिनबाट जमिन र पानीमा पनि आक्रमण गर्नसकिने इरानले जनाएको छ । यो विमानले युद्धका बेला विस्फोटक पदार्थ बोक्ने बमकै रुपमा प्रयोग हुने गार्डसँग नजिक मानिने तसिम न्यूज एजेन्सीले जनाएको छ ।

पानीको सतहमाथि द्रुत गतिमा उड्न सक्ने यस ड्रोनले आफ्नो निशानामा पुगेपछि विस्फोट हुने क्षमता राख्ने वताइएको छ ।

विमानले भारी मात्रामा विस्फोटक पदार्थ राखी उड्नसक्ने क्षमता राख्छ र पानीको सतहदेखि दुई फिट माथिबाट २५० किलोमिटर प्रतिघण्टाका दरले उड्न सक्छ ।

अत्याधुनिक क्यामरा जडान गरिएको यस ड्रोनलाई रातिमा वा दिनमा कुनै समयमा पनि प्रयोग गर्न सकिने तसिमले जनाएको छ।

तपाईको प्रतिक्रिया