शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित एक प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलामा ५० जनाभन्दा बढी प्रहरी जवान मारिएका छन् । 1477359454pakistan

आतंकवादीहरुले तालिम केन्द्रमा प्रवेश गरी आत्मघाती बिस्फोट गराउँदा उनीहरुको मारिएका हुन् । प्रहरी तालिम केन्द्रमा प्रवेश गरेका तीन जना आक्रमणकारीको पनि मृत्यु भएको छ । हतियार र विस्फोटक पदार्थसहित प्रवेश गरेकाहरुले गरेको आतंकवादी हमलापछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

घटनामा एक सयभन्दा बढी प्रहरी जवान घाइते भएका छन् । चार घण्टासम्म चलेको जवाफी कारबाहीमा सेना, प्रहरी र आतंकवाद विरोधी दस्तासमेत परिचालन गरिएको बताइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया