शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नागोया (जापान) – नेपालीहरुको महान चाड तिहारको पुर्व सन्ध्यामा जापानको नागोयामा तिहार विषेश कार्यक्रम सम्पन्न भएको छ ।

नागोयाको ओजोने स्थीत कायनिरो हलमा उक्त कार्याक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारमा खाइने नेपाली खानाका परिकारहरु तयार पारिएको थियो ।

लामो समयदेखी जापानमा बस्दै आएकी सुनिता अधिकारीले उक्त कार्यक्रमकाे आयोजना गर्नु भएको हो । नेपालबाट टाढा रहेका दाजु भाई तथा दिदी बहिनीहरुलाई एकै ठाँउमा भेला गराएर सुख-दुख साटासाँट गर्न पाउदा खुसी लागेको उहाँले बताउनु भयो । जापानमा बसेर नेपाली खानाका परिकारको मिठो स्वाद चाख्न पाएको कार्यक्रममा सहभागी विनोद खनालले बताउनु भयो ।

यस प्रकारका कार्यक्रमको आयोजनाले नेपालीहरुको झल्को मेटाउने गरेकाे एनआरएन आइसिसिका पूर्व सदस्य डा. सुदिप अधिकारीको भनाई छ । उपस्थित स-साना नानीहरूकाे सांगितिक प्रस्तुतिले कार्यक्रमकाे साेभा थप बढाएकाे  थियाे ।

नागोयाको ओजोनेमा मात्रै व्यवसाय, अध्ययन एवं रोजगारीको सिलसिलामा जापान आएका एक सय भन्दा बढि परिवार बसोबास गर्दछन् ।

14808697_881846055250092_612610077_o 14812893_881846085250089_2103398713_o 14800180_881846028583428_278056511_o

तपाईको प्रतिक्रिया