शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-एनअारएन जापान कान्तोको अायोजना र नेपाल विद्यार्थी समाज जापानको सहकार्यमा हिजो अाइतवार  विद्यार्थीहरूका लागि विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टोकियो अोच्यानोमिजुस्थित डिजिटल हलिउड यूनिभर्सिटीमा भएको कार्यक्रममा विद्यार्थी लगायत शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
दुइ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा जापानका अग्रजहरूले जापानको विद्यार्थी जीवन, वर्तमान चुनाैती, समस्या र भावी सम्भावनाका बारेमा बोलेका थिए । पहिलो चरणको कार्यक्रममा भुवन रोका, दिनेश रतला जोशी, यशोदा बस्नेत, खाचुए सुजुकी, थागुची योसिहिरो, डा. दिपेन्द्र गाैतम लगायतले नेपाली विद्यार्थीहरूले जापानमा पालना गर्नुपर्ने अनुशासन, अध्ययनप्रतिको लगाव र कलेज तथा काम खोज्न गर्नुपर्ने तयारीको बारेमा बेलेका थिए ।

त्यसैगरी दोस्रो चरणमा जापानका केही अग्रजहरूले अा-अाफ्नो अनुभव शेयर गरेका थिए । विद्यार्थीका रूपमा जापान अाएर पढाइपश्चात विभिन्न कम्पनीहरूमा काम गर्दै अाएका मनिष बज्राचार्य, सचिन राई, विश्शेश्वर रेग्मी, सन्तु लामा र प्रकाश थापाले अाफुहरूको अनुभवसहित उपस्थित विद्यार्थीहरूलाई अध्ययन तथा कामको बारेमा विविध जानकारी दिएका थिए ।

त्यसैगरी कार्यक्रमको अन्तिम चरणमा उपस्थित विद्यार्थीहरूले सोधोको प्रश्न तथा जिज्ञाशाहरूको अग्रजहरूले उत्तर दिएका थिए ।

करीव १ सय ५० जनाको संख्यामा उपस्थित रहेको कार्यक्रम अति नै उपयोगी मूलक भएको सहभागीहरूले प्रतिक्रिया दिए । जापानमा हुने गरेका अन्य कार्यक्रमहरूभन्दा भिन्न कार्यक्रम भएकोमा केही उपस्थितहरूले फेरि पनि यही प्रकृतिको कार्यक्रम गरिनु पर्ने धारणा राखेका थिए । यस कार्यक्रममा अन्य कार्यक्रममा जस्तो अतिथिको अासन ग्रहण तथा खादार्पण गरिएको थिएन । कार्यक्रममा नेपाली दूतावास जापानका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालको पनि उपस्थिति रहेको थियो ।***
nrn-kanto1 nrn10 nrn9 nrn8 nrn7 nrn6 nrn5 nrn4 nrn3

तपाईको प्रतिक्रिया