शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

tabeiटोकियो-प्रथम सगरमाथा अाराेही जापानी महिला जुनको तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

जापानी संचार माध्यमहरूका अनुसार क्यान्सर रोगबाट पीडित तावेईको शनिवार निधन भएको हो । चार वर्षदेखि क्यान्सर रोगबाट पीडित तावेईलाई साइतामा प्रान्तको एक क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । तावेईले १९७५ मे १६ मा पहिलो पटक सगरमाथाको सफल अारोहण गरी पहिलो सगरमाथा अारोहण गर्ने महिलाको कीर्तिमानी राखेकी थिइन ।

फुकुसिमामा जन्मिएकी तावेई सन् १९६९मा महिला शिखर आरोहीहरुको संस्था लेडिज क्लाईम्विङ्ग क्लव गठन गरेकी थिईन । स्योवा उमन्स विश्वविद्यालयमा अंग्रेजी विषयमा उच्च शिक्षा हासिल गरेकी तावेई  १० वर्षको उमेरमा माउन्ट नासु नामक शिखर चढेपछि हिमाल चढ्न साैखिन बनेकी थिइन । विश्वका सातै महादेशका अग्ला हिमाल सफल अारोहण गरेकी तावेई हाल हिमालयन एडभेन्चर ट्रस्ट अफ जापानकी निर्देशकका रुपमा पनि कार्यरत रहेकी थिईन ।
उनले तत्कालीन नेपाली राजा विरेन्द्रबाट गोर्खा दक्षिण वाहु पदक समेत प्राप्त गरेकी थिईन ।***

तपाईको प्रतिक्रिया