शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – सबैको मुखमा झुण्डिएको चर्चित गीत ‘निर जैले रिसाउनी’ समाविष्ट भएको फिल्म ‘पुरानो डुङ्गा’ को ट्रेलर रिलिज भएको छ ।purino-dunga

दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान आदिको मुख्य भूमिका रहेको फिल्मलाई सफल निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरले कमेडीलाई प्राथमिकता दिएको छ । यसअघि ‘कबड्डी’ सिरिजमा मुस्ताङ्को कथा उठाएका निर्देशक रामबाबु गुरुङ्ले यसपालि कास्की आसपास रहेको तालछेउको जिन्दगीलाई पर्दामा देखाउन खोजेका छन् ।

माओत्से गुरुङ्, मणि राम पोखरेल र बाल्मिकी पोखरेल कार्यकारी निर्माता रहेको ‘पुरानो डुंगा’मा अर्जुन कार्की सह–निर्माता छन् भने रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धन बहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता हुन् । माझी दाजुभाइको सम्बन्धको कथामा आधारित फिल्म यही मंसिर १० गते रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया