शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – महिलाहरुको समूह म नेपाली ग्रुप जापानले रक्षा नेपाल सहयोगार्थ दुई दिवसीय ’तीज महोत्सव २०१६’ गरी मुनाफा रकमले ४० बालवालिकालाई आफ्नै रोजाईमा दसैँको अवसर पारी लत्ता कपडा सहित खाद्द्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।

1

सन् २००४ मा क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिला तथा बालबालिकालाई उद्धार गर्ने उदेश्यले खोलिएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई ग्रुपले सहयोग हस्तान्तरण गरेको हो ।

2

महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने गैरसरकारी संस्था रक्षा नेपाललाई सहयोग गरेको ग्रुपकी संयोजक स्मृति आचार्यले बताएकी छिन् ।

3

दुई दिवसीय तीज महोत्सवमा प्रत्यक्षरअप्रत्यक्ष सहयोग स्पोन्सर, भोलुन्टर, टेक्निसियन, मिडिया तथा मिडिया कर्मी, जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनी लगायतलाई धन्यवाद सहित आभार प्रकट ग्रुपले गरेको छ साथै आगामी दिनमा पनि यस्तै सहयोगी मनहरुले साथ दिनेमा विश्वस्त रहेको ग्रुपकी संयोजक आचार्यले बताईन् ।

4

म नेपाली ग्रुप जापानले यस अघि पनि विविध सामाजिक कार्यक्रम संचालन गर्दै मुनाफा नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया