शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आर्थिक स्थितिमा प्रभाव पार्ने खालका कुनै पनि गतिविधि नभएकाले भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, डलर र सेयर बजारमा कुनै उतारचढाव नआएकाले भाउ स्थिर रहेको जानकारी दिनुभयो । सुन जस्तै चाँदीको भाउ पनि स्थिर छ । चाँदी तोलाको ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया