शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

भद्रपुर – स्वास्थ्य मन्त्री गगन थापाले आज मेची अञ्चल अस्पताल भद्रपुरको निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले प्राथमिक स्वास्थ्य चौकीबाट थप सेवा लिन अञ्चल अस्पताल आएका बिरामीलाई असुविधा नहोस् भन्नेतर्फ ध्यान दिन अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

उहाँले मेची अस्पतालमा मिर्गौला बिरामीलाई डायलोसिसका लागि तत्काल दुई थान मेसिन उपलब्ध गराउन रु ८५ लाख व्यवस्था भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार देशभरका अस्पताल र स्वास्थ्य संस्थामा रिक्त विशेषज्ञ चिकित्सक एवम् मेडिकल अधिकृतहरुको स्थान पूर्ति गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

स्वास्थ्य मन्त्री थापाले मेची अञ्चल अस्पतालको विकास र विस्तारका लागि गुरुयोजना पेस गर्न अस्पताल प्रमुखलाई निर्देशन पनि दिनुभयो । सो अवसरमा मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख डा पिताम्बर ठाकुरले अस्पतालले दिँदै आएको सेवा र भोग्दैआएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

नागरिक समाज एवम् राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ का सभापति गणेश पोखरेलले मेची अञ्चल अस्पतालमा सेवा तथा सुविधा बढाउन र त्यसलाई शिक्षण अस्पतालमा परिणत गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्री थापालाई एक ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया